खुटिया खोलामा डुबेर हराएका बालकको शव फेला

धनगढी — कैलाली जिल्लाको गोदावरी नगरपालिका–५ मा खुटिया खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। आइतबार दिउँसोदेखि बेपत्ता बालकको शव सोमबार बिहान खोलामा फेला परेको हो।

स्थानीय प्रहरीका अनुसार, बालक आइतबार दिउँसो खाना खाएर घरबाट निस्किएपछि साँझसम्म नफर्किएपछि परिवारले खोजी थालेका थिए। अनुसन्धानको क्रममा उनी आफ्ना दुई साथीसँग खोलामा नुहाउन गएका थिए भन्ने जानकारी प्राप्त भएको थियो।

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार, बालकका साथीसँग गरिएको सोधपुछमा उनीहरू नुहाउने क्रममा एक जना साथी अचानक हराएको बताएका थिए। सोही आधारमा खोजतलास सुरु गरिएको थियो।

खोजीका क्रममा आइतबार राति नै बालकले लगाएको चप्पल खोलाको किनारमा फेला परेको थियो। त्यसपछि सोमबार बिहान पुनः खोजी कार्य सुरु गर्दा बालकको शव खोलामा फेला पारिएको प्रहरीले जनाएको छ।

हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया