कोशी प्रदेश सरकारले आगामी वर्षका लागि ३५ अर्ब ८८ करोडको बजेट प्रस्तुत

विराटनगर, – कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेश सभा बैठकमा बजेट अनुमान प्रस्तुत गरेका हुन्। चालु आर्थिक वर्षको तुलनामा यो बजेट १.१७ प्रतिशतले बढी हो।

प्रस्तावित बजेटमध्ये:

  • १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ चालू खर्चका लागि विनियोजन गरिएको छ,
  • १७ अर्ब १० करोड रुपैयाँ पूँजीगत खर्चतर्फ छुट्याइएको छ, र
  • १० करोड रुपैयाँ वित्तीय व्यवस्थापनका लागि राखिएको छ।

गएको वर्ष सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको थियो।

तपाईको प्रतिक्रिया