कोशी प्रदेश लगानी सम्मेलन सुरु, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

विराटनगर, — कोशी प्रदेश सरकारले आयोजना गरेको कोशी प्रदेश लगानी सम्मेलन २०८२ आजदेखि विराटनगरमा सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताए। उनले प्रदेशमा आउने लगानीलाई संरक्षण गर्न तथा प्रक्रियागत झन्झट हटाउन हालसम्म ८ वटा कानुन अध्यादेशमार्फत संशोधन गरिएको जानकारी दिए।

मुख्यमन्त्री कार्कीका अनुसार संघीय सरकारसँग समन्वय गर्दै प्रदेश सरकारले लगानीका लागि आवश्यक सहजीकरण तुरुन्तै उपलब्ध गराउनेछ। उनले निजी क्षेत्रको सहभागितालाई सकारात्मक संकेतका रूपमा लिँदै सम्मेलनप्रति निजी क्षेत्र उत्साहित रहेको बताए।

सम्मेलनमा ८ वटा क्षेत्रका ७१ परियोजनाहरू प्रस्तुत (‘सोकेस’) गरिएको छ। ती परियोजनाहरू एक वर्षसम्म निजी क्षेत्रसँग छलफल र समन्वय गरेर छनोट गरिएको मुख्यमन्त्री कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया