कृषि परियोजनालाई धितो राखेर कर्जा दिने राष्ट्रपति पौडेलको घोषणा

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले कृषि सम्बन्धी उद्यम परियोजनालाई धितो राखेर कर्जा उपलब्ध गराइने जानकारी दिएका छन्। संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले ती कर्जामा विशेष गरी युवा वर्गलाई समेटिने उल्लेख गरे।

त्यसैगरी, कृषिको प्रवर्द्धनका लागि भूमि बैंकजस्ता कार्यक्रम पनि सञ्चालन गरिने उनले बताए। साथै, कृषिमा आउने आकस्मिक क्षतिको क्षतिपूर्ति गर्नका लागि पनि व्यवस्था गरिने राष्ट्रपति पौडेलले बताए।

राष्ट्रपतिको भनाइ अनुसार, नेपालमा नै प्रांगरिक मल उत्पादन गरिनेछ र रासायनिक मलको बिक्री तथा वितरणलाई नयाँ विधिका साथ सञ्चालन गरिनेछ।

तपाईको प्रतिक्रिया