किन बोलायो जसपाले केन्द्रीय समिति बैठक?

जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

फागुन १८, १९ र २० गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा यो बैठक आयोजना गरिने जानकारी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले दिएका छन्।

बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’को मूल्याङ्कन गरिने छ।

साथै, पालिका समितिमा कार्यरत केन्द्रीय अभियन्ताले आफ्नो कार्यक्षेत्रमा भएका प्रगति रिपोर्ट पनि प्रस्तुत गर्नेछन्।

बैठकमा वर्तमान राजनीतिक परिस्थितिहरु र पार्टीको संगठनात्मक कार्ययोजनाबारे पनि छलफल हुने बताइएको छ।

त्यसै समयमा, सरकार भूमि अध्यादेशलाई राष्ट्रिय सभामा पास गराउन जसपा नेपालको समर्थन खोज्दैछ। जसपा नेपालले भूमि अध्यादेशका केही प्रावधानमा असहमतिपूर्ण दृष्टिकोण राख्दै फिर्ता लिनुपर्ने अडान राखेको छ। जसपा नेपालका कारण सरकारले ६ वटा अध्यादेश संसदमा प्रस्तुत गर्न नसकेको अवस्था आएको छ।

बैठक बिहान ११ बजेबाट भएको छ

तपाईको प्रतिक्रिया