कार्की आयोगको सिफारिस कार्यान्वयनमा गृहमन्त्री गुरुङको प्रतिबद्धता

काठमाडौँ – नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्व सरकारद्वारा गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने बताएका छन्।

शुक्रबार (चैत १३) सिंहदरबारस्थित गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै गुरुङले सरकारले अब एकद्वार प्रणालीबाट काम गर्ने बताए। उनले भ्रष्टाचार नियन्त्रणमा ‘शून्य सहनशीलता’ अपनाउने पनि स्पष्ट पार्नुभयो।

गृहमन्त्रीले भने, सरकारले ‘जेनजी’ आन्दोलनको मर्मअनुसार अघि बढ्नेछ। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले सो घटनामा विभिन्न व्यक्तिहरूको कारबाही सिफारिससहित प्रतिवेदन सरकारलाई बुझाएको थियो।

तपाईको प्रतिक्रिया