कारको ठक्करबाट मध्यबानेश्वरमा तीन वर्षीय बालकको ज्यान गयो

काठमाडौं — काठमाडौंको मध्यबानेश्वरमा कारको ठक्करबाट एक तीन वर्षीय बालकको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा परी बालक शिवांस झाको ज्यान गएको हो।

बा.प्र.०१–३१ च ९५६३ नम्बरको कार कात्यानी चोकबाट भिमसेनगोलातर्फ जाँदै गर्दा बालकलाई ठक्कर दिएको थियो। ठक्करपछि गम्भीर घाइते भएका झालाई उपचारका लागि केएमसी अस्पताल पुर्‍याइएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका एसपी अपिल बोहराले जानकारी दिए।

घटनापछि कार चालक काठमाडौं महानगरपालिका–३१ निवासी ५५ वर्षीय रमेशकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक बालकका पिता आलोक कुमार लामो समयदेखि बानेश्वर क्षेत्रमा डेरामा बसोबास गर्दै आएका थिए।

तपाईको प्रतिक्रिया