काभ्रेको रोशी खोलामा अज्ञात व्यक्तिको शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

काभ्रेपलान्चोक — काभ्रेपलान्चोकको खहरेपाँगुस्थित रोशी खोलामा एक अज्ञात पुरुषको शव फेला परेको छ।

स्थानीय लनम लामाका अनुसार, बुधबार रोशी खोलाको बीचमा ढुंगामा अडिएको अवस्थामा शव देखिएको हो। तत्कालै खबर पाएपछि घटनास्थलमा पुगेको प्रहरीले शवलाई खोलाबाट निकालेर आवश्यक प्रक्रिया अघि बढाएको छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका डीएसपी मिन घलेका अनुसार शवको पहिचान हालसम्म खुल्न सकेको छैन। प्रारम्भिक अनुमान अनुसार उक्त शव पनौती–बनेपा क्षेत्रबाट बगेर आएको हुनसक्ने बताइएको छ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

तपाईको प्रतिक्रिया