काठमाडौंमा एमालेको विशेष चुनावी कार्यक्रम माघ ४ गते हुने

काठमाडौं : नेकपा (एमाले)ले काठमाडौंबाट आगामी निर्वाचनको चुनावी अभियान सुरु गर्न लागेको छ। वाग्मती प्रदेश कमिटीको पहलमा माघ ४ गते काठमाडौंमा जनप्रदर्शनसहित विशेष चुनावी अभियान थालनी हुने एमालेका सचिव एवं प्रदेश इञ्चार्ज महेश बस्नेतले जानकारी दिए।

त्यस्तै, एमालेको संशोधित विधानअनुसार गठन भएको राजधानी विशेष कमिटीको औपचारिक घोषणा र राजधानीमा हुने चुनावी अभियान आगामी माघ २ गते आयोजना हुने पार्टीका सचिव एवं राजधानी विशेष कमिटीका इञ्चार्ज डा. राजन भट्टराईले बताए।

एमालेको पुस २६ गते बसेको केन्द्रीय कमिटीको बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशव्यापी रूपमा चुनावी अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया