कांग्रेस समीक्षा : पार्टीभित्रको असहमति र संगठनात्मक कमजोरीले निर्वाचनमा परिणाम प्रभावित

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा भोगेको पराजयको मुख्य कारण पार्टीभित्रकै समस्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकका क्रममा प्रवक्ता देवराज चालिसेले सञ्चारकर्मीसँग कुरा गर्दै अधिकांश निर्वाचन क्षेत्रमा देखिएको मतान्तरको आधारमा आन्तरिक कारणले अपेक्षित मत प्राप्त हुन नसकेको संकेत देखिएको बताए।

उनका अनुसार निर्वाचन अभियान सञ्चालनमा भएका कमजोरीहरू पनि पराजयका कारणमध्ये एक रहेको ठहर गरिएको छ। बैठकमा यस विषयमा विस्तृत छलफल भइरहेको उनले जानकारी दिए।

साथै, केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई पार्टीप्रति मतदाताको विश्वासमा समेत कमी आएको आकलन गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया