कांग्रेसले गगन, विश्वप्रकाश र फरमुल्लाहलाई पाँच वर्षका लागि कारबाही गर्‍यो

काठमाडौं – नेपाली कांग्रेसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ। पार्टी स्रोतका अनुसार, तीनैजनालाई पाँच वर्षसम्म साधारण सदस्य पनि नहुने गरी प्रतिबन्ध लगाइएको छ।

केन्द्रीय सदस्यहरूले जानकारी दिएका अनुसार, विशेष महाधिवेशनको पक्षधरहरूले सहमतिको प्रयासमा आठबुँदे प्रस्ताव अघि सारेका थिए। तर पार्टीभित्र सहमति नबन्ने भएपछि वार्ता विफल भएको थियो।

अहिले, विशेष महाधिवेशनको पक्षधरहरूले केही समयमै नयाँ कार्यसमिति सार्वजनिक गर्ने तयारी गरिरहेका छन्।

तपाईको प्रतिक्रिया