जेनजी आन्दोलन घटनाको छानबिनपछि ओलीको आवत–जावतसम्बन्धी रोक हटाइयो

काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ। जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन तथा जाँचबुझका लागि गठन गरिएको आयोगले ओलीमाथि लागू गरिएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

यसअघि आयोगले छानबिनका क्रममा ओलीलाई विदेश भ्रमण गर्न तथा अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान रोक लगाएको थियो। तर, घटनासम्बन्धी सोधपुछ तथा आवश्यक बुझाइको प्रक्रिया पूरा भइसकेकाले अब उक्त निर्णयको औचित्य नरहेको आयोगले जनाएको छ।

आयोगका अनुसार छानबिनसँग सम्बन्धित कार्य सम्पन्न भइसकेपछि ओलीमाथि लगाइएको आवत–जावतसम्बन्धी प्रतिबन्ध फुकुवा गरिएको हो।

तपाईको प्रतिक्रिया