एमाले सांसद बाँस्कोटाले सरकारसँग संविधान संशोधन प्रक्रिया अघि बढाउन माग


काठमाडौँ — एमाले सांसद गोकुल बाँस्कोटाले बुधबार प्रतिनिधि सभाको बैठकमा संविधान संशोधनको प्रक्रिया कहाँ पुगेको छ भनेर सरकारलाई प्रश्न गरेका छन्।

उनले सरकारले केही सकारात्मक काम गरे पनि संविधान संशोधनको विषय अगाडि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बाँस्कोटाले वर्तमान राजनीतिक दलहरूले केही गर्न नसकेको भनेर लोकतान्त्रिक व्यवस्था कमजोर बनाउन खोजिएकोप्रति सचेत हुन सबैलाई आग्रह गरे।

सांसद बाँस्कोटाले भने, “संविधान संशोधनको विषय अब अगाडि आउनुपर्छ। हामीले आफूलाई पनि समीक्षा गर्नुपर्छ र सुधार गर्न तयार हुनुपर्छ।”

उनले नयाँ राजनीतिक दलहरू लोकप्रियतावादमा लागेको भन्दै संसद् बहिष्कार गरेर व्यवस्था कमजोर पार्नुको साटो, व्यवस्थालाई सुदृढ बनाउने भूमिकामा सबैले लाग्नुपर्ने सुझाव पनि दिए।

तपाईको प्रतिक्रिया