एमाले उपाध्यक्ष भीम रावलद्वारा सांसद पदबाट राजीनामा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । रावल राजीनामा दिन संसद सचिवालयमा आएको र त्यहाँ साथीहरूले रोकेका कारण नयाँ बानेश्वरमा संसद भवनमा गएर सभामुखसमक्ष राजीनामा दिने तयारी गरेको उहाँ निकट स्रोतले बतायो । शेरबहादुर देउवालाई विश्वासको मत दिनु अघि उनले पदबाटै राजीनामा दिएका हुन्। उनी संस्थागत निर्णय गरेर अघि बढ्नुपर्ने पक्षमा थिए। 

तपाईको प्रतिक्रिया