एन्फा यू-१६ लिग: पुलिस र हिमालयन शेर्पा विजयी

काठमाडौं – एन्फा यू-१६ लिगमा बुधबार २ खेल सम्पन्न भएका छन्।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलहरूमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबले विजय हासिल गरेका छन्।

पहिलो खेलमा, विभागीय टोली नेपाल पुलिस क्लबले सातदोबाटो युथ क्लबलाई ८-० को शानदार अन्तरले पराजित गरेको छ।

दोस्रो खेलमा, हिमालयन शेर्पा क्लबले फ्रेन्ड्स क्लबलाई २-१ गोल अन्तरले हराउँदै जित हासिल गरेको छ।

तपाईको प्रतिक्रिया