एनपीएलमा चम्किएका शेर मल्लले टी–२० अन्तर्राष्ट्रियमा गरे डेब्यु

काठमाडौं । नेपाली क्रिकेट टोलीका बलर शेर मल्लले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो खेल खेलेका छन्। उनले आइतबार भारतको मुम्बईमा आयोजित विश्वकपअन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमार्फत नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन्।

घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका मल्ल नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा उत्कृष्ट बलरमध्ये एकका रूपमा देखिएका थिए। उक्त प्रतियोगितामा उनले १० खेल खेल्दै १७ विकेट लिएका थिए, जसका कारण उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा तेस्रो स्थानमा रहेका थिए।

एनपीएलमा देखाएको निरन्तर प्रदर्शनकै आधारमा शेर मल्लले राष्ट्रिय टोलीमा अवसर पाएका हुन्। उनको अन्तर्राष्ट्रिय पदार्पणलाई नेपाली क्रिकेटका लागि थप सकारात्मक संकेतका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया