एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसीपमा सहभागी हुने नेपाली टोलीको बिदाइ

दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनशिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ काठमाडौंमा गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बुधबार एक विशेष कार्यक्रमका दौरान टोलीलाई बिदाइ गरे। उनले प्रतियोगिता खेलाडीको प्रशिक्षणको परिणाम प्रमाणित गर्ने अवसर भएको बताए।

नेपाली टोली ५ खेलाडी र ७ सदस्यीय टोली सहित बिहीबार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्ने भएको छ। प्रतियोगिता फागुन ११ गते हुनेछ, जहाँ सिनियरतर्फ २ र जुनियरतर्फ ३ खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्।

सिनियरतर्फ सुशिलकुमार शाही र सञ्जय श्रेष्ठ सहभागी हुनेछन्, जबकि जुनियरतर्फ बादल कार्की, अजय विक र कृष्णबहादुर परियार प्रतिस्पर्धा गर्नेछन्। सिनियरमा १० किलोमिटर र जुनियरमा ८ किलोमिटर दौड हुनेछ। नेपाल सिनियर र जुनियरतर्फ व्यक्तिगत र टिम इभेन्टमा प्रतिस्पर्धा गर्ने छ। प्रशिक्षक विमला राना मगर र व्यवस्थापक भीमकुमारी भुसाल रहेका छन्।

तपाईको प्रतिक्रिया