एकैदिनमा सुन सस्तो, चाँदी भने १५ रुपैयाँले बढ्यो

काठमाडौं । मंसिर २३, मंगलबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ।

सोमबार प्रतितोला २ लाख ५२ हजार ९०० रुपैयाँ मा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको महासंघले जनाएको छ।
अघिल्लो दिन ३ हजार ५८५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ३ हजार ६०० रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया