एआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ — प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले एआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

गएको सोमबारको मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा, दानबहादुर कार्की, राजन अधिकारी, र मनोज केसीलाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार, बुधबार आईजीपी थापाले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरे।

बढुवा प्राप्त गर्नुभएका यी अधिकारीहरूको नयाँ पदस्थापनसमेत गरिएको छ। खापुङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), आचार्यलाई कार्य विभाग, शर्मालाई प्रशासन विभाग, कार्कीलाई मानव स्रोत विभाग, अधिकारीलाई अपराध अनुसन्धान विभाग, र केसीलाई प्रदेश समन्वय विभागमा पदस्थापन गरिएको छ।

तपाईको प्रतिक्रिया