उच्च अदालतका न्यायाधीश भरत लम्सालको राजीनामा

काठमाडौं । उच्च अदालत विराटनगर अन्तर्गत ओखलढुंगामा कार्यरत न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन्।

बिहीबार उनले सर्वोच्च अदालतमा उपस्थित भई राजीनामा बुझाएका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईकेलले लम्सालको राजीनामाको पुष्टि गरेका छन्।

न्यायाधीश लम्साल उमेर हदका कारण एक वर्षपछि अनिवार्य अवकाशमा जानुपर्ने अवस्था थियो। तर स्वास्थ्य अवस्थाका कारण उनले त्यसअघि नै पदत्याग गरेका हुन्।

उनको राजीनापछि उच्च अदालतमा न्यायाधीशको रिक्त पद संख्या २७ पुगेको छ।

यसअघि दुई जना मुख्य न्यायाधीशहरू सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त भएका थिए, जसका कारण पनि उच्च अदालतमा रिक्तता बढ्दै गएको देखिएको छ।

तपाईको प्रतिक्रिया