आशिका तामाङको थुनछेक आज, अदालतमा उपस्थित गराइयो

काठमाडौँ — आशिका तामाङलाई प्रहरीले भक्तपुर जिल्ला अदालतमा उपस्थित गराएको छ। उनलाई आपराधिक उपद्रवसम्बन्धी आरोपमा थुनछेकको लागि अदालतमा पेश गरिएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले यसबारे जानकारी दिएका छन्। तामाङविरुद्ध प्रहरी वृत्त जगातेले अनुसन्धान गर्दै आएको थियो।

यसअघि १४ माघमा, जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको धरौटी बुझाएर तामाङलाई मुक्त गरेको थियो, तर त्यसपछि उनी पुनः पक्राउ परेकी थिइन्।

तामाङले सूर्यबिनायक नगरपालिकाका कर्मचारीहरूबाट २० रुपैयाँ कर लिने निर्णयको विरोध गर्दै रसिद जलाएको आरोप लागेको छ। नगरपालिकाले यसबारे अनुसन्धानको लागि प्रहरीमा जाहेरी दिएको थियो।

तपाईको प्रतिक्रिया