आज कति छ सुनचाँदीको भाउ? बजारमा फेरि परिवर्तन !

काठमाडौँ — नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य फेरि बढेको छ भने चाँदीको भाउ भने केही घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो।

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ६ सय रुपैयाँ थियो भने त्यसको अघिल्लो दिनमा प्रतितोला १ हजार ७ सय रुपैयाँले वृद्धि भएको थियो।

चाँदीको मूल्य भने केही घटेको देखिएको छ। महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबारको तुलनामा १० रुपैयाँले कम हो।

तपाईको प्रतिक्रिया