आज अधिकांश भूभागमा सफा मौसम, केही पहाडी क्षेत्र मात्र आंशिक बदली

काठमाडौं । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर कुनै ठूलो वा प्रभावकारी मौसम प्रणाली सक्रिय छैन।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही बदली देखिए पनि देशका अधिकांश स्थानमा मौसम सफा रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो पनि सोही क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

यस्तै, रातिको समयमा कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र अन्य सबै क्षेत्रमा मौसम साफैँ रहने पूर्वानुमान महाशाखाले गरेको छ।

तपाईको प्रतिक्रिया