आजदेखि राप्रपाको वृहत् भण्डाफोर कार्यक्रम

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजदेखि वृहत् भण्डाफोर कार्यक्रम सुरु गर्दैछ। पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको वक्तव्यबाट प्रेरित भएर राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले यो कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

राप्रपाका महामन्त्री र सचिवालय प्रमुख राजेन्द्र गुरुङका अनुसार, आज पोखराबाट कार्यक्रमको प्रारम्भ हुनेछ।

त्यसपछि, आगामी कार्यक्रमहरू यसप्रकार हुनेछः

  • फागुन १७ गते बुटवल,
  • फागुन १८ गते धनगढी,
  • फागुन २१ गते जनकपुर,
  • फागुन २५ गते काठमाडौं, र
  • अन्तिम कार्यक्रम फागुन २७ गते सुर्खेतमा सम्पन्न हुनेछ।

कोशी प्रदेशका कार्यक्रमहरूको मिति भने अझै टुंगो लागेको छैन

तपाईको प्रतिक्रिया