अष्ट्रेलियन मिचेल ओवेन पञ्जाब किङ्सबाट आइपीएल खेल्ने, म्याक्सवेलको स्थान लिने

काठमाडौं । पाकिस्तानी सुपर लिग (पीएसएल) खेलिरहेका अष्ट्रेलियन क्रिकेटर मिचेल ओवेनले पञ्जाब किङ्सबाट इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने भएका छन्।

अष्ट्रेलियन अलराउन्डर ग्लेन म्याक्सवेल औँलामा चोट लागेर प्रतियोगिताबाट बाहिरिएपछि पञ्जाब किङ्सले उनको स्थानमा ओवेनलाई टोलीमा समावेश गरेको हो।

२३ वर्षीय ओवेन हाल पीएसएल अन्तर्गत पेशावर जाल्मी टिमबाट खेलिरहेका छन्। उनी १८ मेसम्म जाल्मी सँगको सम्झौतामा रहनेछन् र टिमको यात्रा जारी रहँदासम्म त्यहीँ खेल्नेछन्। त्यसपछि भने उनी सकेसम्म छिटो आइपीएल टिममा सहभागी हुने जनाइएको छ।

यदि पञ्जाब किङ्सले आइपीएलको प्लेअफ चरणमा प्रवेश गर्न सफल भयो भने ओवेनले त्यस चरणका खेलमा सहभागिता जनाउनेछन्। यस सिजनको आइपीएल प्लेअफ २० मेदेखि सुरु हुने तालिका छ।

तपाईको प्रतिक्रिया