अर्थ मन्त्रालयमा सुरक्षा कडाइ, बजेट तयारीलाई प्राथमिकता

काठमाडौं — आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीलाई ध्यानमा राख्दै अर्थ मन्त्रालयले मन्त्रालय परिसरमा प्रवेश व्यवस्थामा कडाइ गरेको छ।

अर्थ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनीका अनुसार बजेट निर्माणका लागि आवश्यक परामर्श र छलफलको प्रक्रिया पूरा भइसकेको छ। अब तयारीका कार्यहरूलाई थप व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउन मन्त्रालय प्रवेशमा नियन्त्रण गरिएको हो।

गत वैशाख महिनामा मन्त्रालयले सबै सरोकारवाला पक्षसँग परामर्श गर्न र सुझाव लिन खुला पहुँचको व्यवस्था गरेको थियो।

अब भने, यही जेठ १५ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्ने तयारीमा छन्।

तपाईको प्रतिक्रिया