अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं । पछिल्ला केही दिन लगातार उकाले पुगेको अमेरिकी डलर आज भने सस्तो भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार डलरको मूल्यमा कमी देखिएको हो।

राष्ट्र बैंकका अनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ। बिहीबार भने डलरको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम थियो।

यसअघि मंगलबार डलरको बिक्रीदर १४३ रुपैयाँ ५८ पैसा र खरिददर १४२ रुपैयाँ ९८ पैसा थियो भने बुधबार बिक्रीदर १४४ रुपैयाँ १० पैसा र खरिददर १४३ रुपैयाँ ५० पैसा रहेको थियो। डलरको मूल्य बढ्दा नेपाली रुपैयाँ कमजोर मानिने भएकाले पछिल्लो घटाबढा अर्थतन्त्रका लागि महत्वपूर्ण मानिन्छ।

अन्य विदेशी मुद्राको आजको विनिमय दर

  • युरो (EUR): खरिददर १६७ रुपैयाँ ७३ पैसा, बिक्रीदर १६८ रुपैयाँ ४४ पैसा
  • पाउण्ड स्टर्लिङ (GBP): खरिददर १९१ रुपैयाँ ८९ पैसा, बिक्रीदर १९२ रुपैयाँ ६९ पैसा
  • स्वीस फ्र्याङ्क (CHF): खरिददर १७९ रुपैयाँ ६१ पैसा, बिक्रीदर १८० रुपैयाँ ३६ पैसा
  • अष्ट्रेलियन डलर (AUD): खरिददर ९४ रुपैयाँ ९७ पैसा, बिक्रीदर ९५ रुपैयाँ ३७ पैसा
  • क्यानडियन डलर (CAD): खरिददर १०२ रुपैयाँ ८६ पैसा, बिक्रीदर १०३ रुपैयाँ २९ पैसा
  • सिङ्गापुर डलर (SGD): खरिददर ११० रुपैयाँ ९५ पैसा, बिक्रीदर १११ रुपैयाँ ४२ पैसा

तपाईको प्रतिक्रिया