अफ सिजनमा हरियो धनियाँको भाउ आकाशियो, प्रतिकिलो ५ सय पुगे‍यो

काठमाडौं, – राजधानीको प्रमुख तरकारी बजार कालीमाटीमा हरियो धनियाँको मूल्य एक साताको अवधिमा प्रतिकिलो १ सय रुपैयाँले वृद्धि भएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार सोमबार धनियाँको थोक मूल्य न्यूनतम ४ सय रुपैयाँदेखि अधिकतम ५ सय रुपैयाँसम्म पुगेको छ। गत सोमबार यो मूल्य ३ सयदेखि ४ सय रुपैयाँको हाराहारीमा थियो।

व्यवसायीहरूका अनुसार अहिले हरियो धनियाँको सिजन नभएकाले आपूर्ति घटेको छ। यससँगै होटल तथा रेष्टुरेन्टमा माग बढेकाले मूल्य उकालो लागेको हो।

हाल कालीमाटीमा मकवानपुर, दक्षिणकाली, पालुङ, काठमाडौं, भक्तपुर र कुलेखानी क्षेत्रबाट धनियाँ आपूर्ति भइरहेको छ।

तपाईको प्रतिक्रिया