अनुशासन समिति पार्टी विधानभन्दा ठूलो हो र? अर्जुननरसिंह केसीको प्रश्न


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीको अनुशासन समितिको भूमिका र निर्णयप्रति प्रश्न उठाएका छन्। बिहीबार सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले अनुशासन समिति पार्टीको विधानभन्दा ठूलो बन्न खोजेको संकेत गर्दै आलोचना गरे।

नेता केसीले अघिल्लो आम निर्वाचनमा पार्टी परित्याग गरी अन्य दलबाट उम्मेदवारी दिएका व्यक्तिलाई अनुशासन समितिले कारबाही नगरेकोप्रति असन्तुष्टि जनाउँदै भने, “विधान ठूलो हो कि अनुशासन समिति ठूलो हो?”

उनले कांग्रेसका भ्रातृसंस्थाहरूको अवस्था पनि प्रश्नको घेरामा ल्याएका छन्। नौ वर्षदेखि महाधिवेशन हुन नसकेका भ्रातृसंस्थाहरूका तदर्थ समितिको म्याद निरन्तर थपिनु उपयुक्त नभएको उल्लेख गर्दै केसीले भने, “कुन विधानको आधारमा तदर्थ समिति ७ सय र ४ सय सदस्यीय बनाइयो?”

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सानेपामा जारी छ। बैठकमा पार्टीको आन्तरिक संरचना, संगठनात्मक अनुशासन, भ्रातृसंस्थाहरूको पुनर्गठनलगायत विषयमा छलफल भइरहेका छन्।

तपाईको प्रतिक्रिया