अनलाइन टेलिभिजन र युट्युब च्यानलका लागि आवश्यक नीति बनाउन सरकारको तयारी

काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताउनुभएको छ।

मन्त्रालयमा आइतबार आयोजित छलफल कार्यक्रममा मन्त्री खरेलले सरकार नीतिगत सुधार गरी अनलाइन टेलिभिजन मिडियासँग सहकार्य गर्ने तयारीमा रहेको जानकारी दिनुभयो। उहाँले अनलाइन मिडियालाई “न्यू मेन स्ट्रिम मिडिया” भनेर व्याख्या गर्दै, यसले देश र जनताको हितमा ठूलो योगदान गरेको उल्लेख गर्नुभयो।

मन्त्री खरेलले भन्नुभयो कि सरकारले न्यू मेन स्ट्रिम मिडियालाई दर्ता प्रक्रिया सरल बनाउने, लोककल्याणकारी विज्ञापनको व्यवस्था गर्ने, नवप्रवर्तनलाई सहजीकरण गर्ने, तालिम दिने र पुरस्कार प्रदान गर्ने तयारीमा छ।

उहाँले नयाँ प्रविधि र अवधारणासहित सञ्चालनमा आएका युट्युब च्यानल तथा अनलाइन टेलिभिजनलाई पनि सहयोग गर्न आवश्यक नीति निर्माण गर्ने जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया