अदालत अवहेलना मुद्दामा सर्वोच्चको आदेश : गगन थापासँग लिखित जवाफ माग

काठमाडौं, वैशाख १८ — अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापासँग लिखित जवाफ माग गरेको छ।

कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासले सोमबार थापालाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

थापाविरुद्ध अधिवक्ता विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले आइतबार सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका थिए।

गत बिहीबार लोकतन्त्र दिवसको अवसरमा आयोजित एक कार्यक्रममा, थापाले ५२ संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ‘डिल’ गरिरहेको आरोप लगाएका थिए। यही अभिव्यक्तिलाई लिएर उनीमाथि अदालतको अवहेलनाको आरोप लागिएको हो।

तपाईको प्रतिक्रिया