अञ्जिला युरोपमा खेल्ने दोस्रो नेपाली फुटबल खेलाडी

फाइल तस्बिर।

राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान र गोलकिपर अञ्जिला तुम्बापो सुब्बा युरोपमा खेल्ने दोस्रो नेपाली खेलाडी बनिन्। शनिबार, उनले ग्रीसको निस अट्रोमिटौ क्लबसँग आफ्नो डेब्यु खेल खेलिन् र पहिलो खेलमै प्लेइङ सेटमा खेलेकी थिइन्। यद्यपि, उनका लागि यो डेब्यु खेल उत्साहजनक रहेन।

ओएफआईसँगको खेलमा अट्रोमिटौ ४–० ले पराजित भयो। पहिलो हाफमा एक गोल खाएर दोस्रो हाफमा तीन गोल थपिएको थियो। हारपछि अट्रोमिटौ १२ खेलपछि १२ अंकका साथ नवौँ स्थानमा रहेको छ।

यसअघि, विभागीय क्लब एपिएफकी स्ट्राइकर सावित्रा भण्डारी युरोपमा खेल्ने पहिलो नेपाली खेलाडी थिइन्। सावित्रा अहिले इजरायलमा फ्रेन्ज लिगमा दोस्रो सिजन खेलिरहेको छ। अञ्जिला भने मंसिर महिनामा अट्रोमिटौसँग जोडिएकी थिइन्। अट्रोमिटौले उनलाई सिजन ०२४/२५ का लागि अनुबन्ध गरेको हो र अञ्जिलाले लिग खेल्नका लागि शुक्रबार अनुमति पाएकी थिइन्।

अञ्जिलाले युरोपमा डेब्यु गर्न पाउँदा खुशी व्यक्त गर्दै भनिन्, “डेब्यु खेल राम्रो नभए पनि युरोपमा डेब्यु गर्न पाउँदा निकै खुशी छु। हरेक खेलाडीको सपना युरोपमा खेल्नु हो, र आज यो अवसर पाएर म खुशी छु।”

अञ्जिला एसियाबाहिरको लिगमा खेल्न जाने पहिलो पटक हुन्। यसअघि उनले भारत र पाकिस्तानका लिगमा खेली सकिन्। उनले भारतको सेथु एफसी र पाकिस्तानको मासा युनाइटेड क्लबबाट क्रमशः दुई र एक सिजन खेलेकी थिइन्, र दुवै टोलीको कप्तान पनि थिइन्।

तपाईको प्रतिक्रिया