बागलुङको भीमगिठेमा जीप दुर्घटना १४ जनाको मृत्यु (नामावलीसहित)

१७ मंसिर, काठमाडौं । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् । ग १ ख ४२१९ नम्बरको जिप गुल्मी ईश्माबाट बागलुङको बुर्तिवाङ हुँदै निसीखोलाको देवीस्थानतर्फ जाँदै गर्दा बागलुङको बडीगाड गाउँपालिका-७ स्थित सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको हो ।

दुर्घटनामा मृत्यु हुनेहरु  

अन्दाजी वर्ष २६ की सुचना कार्की
अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की
अन्दाजी वर्ष ४० की बसुन्धरा कार्की 
इस्मा गाउँपालिका ३ की अन्दाजी वर्ष २३ की माया थापा
नवलपरासी बर्दघाट बस्ने अन्दाजी वर्ष ६० की भुमा कार्की
बाडिगाड गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष २५ की लक्ष्मी केसी
इस्मा गाउँपालिका ४ की अन्दाजी ४० वर्षीय सीता कार्की
इस्मा गाउँपालिका ४ की अन्दाजी १० वर्षकी अनुस्का कार्की, 
इस्मा ४ वस्ने अन्दाजी ६५ वर्षका झवि कार्की
इस्मा ४ बस्ने अन्दाजी ४० वर्षका महेन्द्र कार्की
अन्दाजी वर्ष ४५ का भूमि कार्की
अन्न्दाजी वर्ष २५ की मीना बस्नेत
अन्दाजी वर्ष ३० की तुलसी कार्की
अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की

तपाईको प्रतिक्रिया