भारतले नेपालकाे संस्कृतिमाथि अतिक्रमण गर्‍याे : प्रम अ‌ाेली

काठमाडाैं ।  ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं, मिचिएका छाैं, तथ्यहरुमा पनि अतिक्रमण भएको छ’ – प्रधानमन्त्री केपी शर्मा ओलीले भन्‍नुभयाे ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले साेमबार आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीका अवसरमा गरेकाे कार्यक्रममा उहाँले भन्‍नुभयाे – ‘भारतले ‘नक्कली अयोध्या’ खडा गरेर नेपालकाे सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको छ ।’ भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उहाँको भनाइ छ ।

भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ, तथ्यहरुमा अतिक्रमण भएको छ, हामी अहिले पनि ठानिरहेका छौँ, हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ, भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले,अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो, अहिले खडा गरिएको अयोध्या होइन ।

उहाँले थप्नुभयाे- ‘अयोध्या भीषण विवाद छ है त्यहाँ, हाम्रोमा विवाद नै गर्नुपर्दैन, अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मीकि आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रेष्टि यज्ञ लगाउने पण्डितजी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन ।’ 

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गर्नुभयो । त्यो समयमा कुनै सञ्चार सुविधाविना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उहाँको उहाँकाे थियो ।

‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन, न मोबाइल कताबाट थाहा होस् । थाहा हुन सम्भव थिएन । नजिकै पर्थ्याे, सजिलैसँग गए होलान् तर त्यो इतिहास बहस गरी साध्य छैन् फेरि एक हमलामाथि अर्को ।’

मिथिलाको जनकपुर ज्ञान केन्द्र रहेको र त्यतिबेला विद्वान्विदुषीबीच विमर्श गर्ने परम्परा रहेको भन्‍दै उहाँले रायणीको सुरम्य किनारमा बाल्मीकिको आश्रम हुनु, कोशी तटमा कौशिकी रहनु, आयुर्वेदका प्रणेता धन्वन्तरि र चरक यतैका हुनाले हिमवत्खण्ड नै ज्ञानभूमि तपोभूमि हो भन्ने बुझिने प्रष्ट पार्नुभयाे ।

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भए पनि त्यो श्रृंखलाले निरन्तरता पाउन नसकेको बताउनुभयो । 

आदिकवि भानुभक्त आचार्यले रामायणमा नेपाली लोकभाषाको प्रयोग गरी त्यसका माध्यमबाट मानिसलाई जोड्दै राष्ट्रियतालाई बलियो बनाएको  प्रधानमन्त्रीले बताउनुभयो ।

आजै हिमवत्खण्ड कला साहित्य सम्मिलन-२०७५ स्मारिका समेत विमाेचन गरिएको छ । 

तपाईको प्रतिक्रिया