भारतले भन्यो- ‘बुद्ध नेपालमै जन्मिएको विषयमा कुनै शङ्का छैन’

परराष्ट्र मन्त्रालयले गौतम बुद्धको जन्मस्थल नेपालमै रहेको भन्ने तथ्य निर्विवाद रहेको बताएको छ। भारतीय विदेशमन्त्री एस जयशङ्करले गौतम बुद्धबारे गरेको टिप्पणीलाई लिएर पत्रकारहरूले राखेको जिज्ञासाको जवाफमा नेपालको परराष्ट्र मन्त्रालयले यस्तो बताएको हो। शनिवार एउटा भर्चुअल सम्मेलनमा भारतीय विदेशमन्त्री जयशङ्करले "दुई महान् भारतीय" भन्दै गौतम बुद्ध र गान्धीको नाम लिएका थिए र उनीहरूलाई...

भारतमा २० दिनमा १० लाख कोरोना सङ्क्रमित थपिए, कुल सङ्ख्या २० लाख नाघ्यो

विगत २० दिनमा त्यहाँ १० लाख सङ्क्रमित थपिएका छन्। यो सङ्क्रमण वृद्धिदर अमेरिका र ब्रजिलको भन्दा बढी हो। अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० देखि २० लाख पुग्न ४२ दिन र ब्रजिलमा २७ दिन लागेको थियो। भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ। तर त्यहाँ राज्यअनुसार स्थिति फरक छ। सङ्क्रमितहरूको सङ्ख्या २०...

लेबननको राजधानीमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ को मृत्यु, चार हजार भन्दा धेरै घाइते

लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र चार हजार भन्दा बढी घाइते भएको त्यहाँका स्वास्थ्यमन्त्रीले जनाएका छन्। अनलाइनमा राखिएका भिडिओमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ। अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्। राष्ट्रपति मीसेल आउनले आफ्नो ट्वीटमा २७...

भ्रष्टाचारको अभियोग लागेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले छोडे देश

स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने त्यहाँको राजदरबारले घोषणा गरेको छ। केही हप्ताअघि उनी भ्रष्टाचारसम्बन्धी मुद्दामा जोडिएका थिए। ८२ वर्षका कार्लोसले उक्त घोषणा आफ्ना छोरा फेलीपे षष्टमलाई लेखेको पत्र मार्फत गरेको बताइएको छ। अभियोजनकर्ताहरूले आफूसँग सोधपुछ गर्न चाहेको खण्डमा आफू उपलब्ध हुने उनले बताएका छन्। साउदी अरेबियामा एउटा हाइ-स्पीड रेलको ठेक्काका विषयमा...

नासा स्पेसएक्स: ड्रयागन क्याप्स्यूल अन्तरिक्ष यानले यसरी गर्यो पानीमा अवतरण

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेका दुई जना अन्तरिक्षयात्रीहरू बब बेन्कन र डग हर्ली पृथ्वीमा फर्किएका छन्। स्पेस एक्स ड्रयागन क्याप्स्यूल नाम गरेको अन्तरिक्ष यानबाट फर्केका ती दुई अन्तरिक्षयात्रीहरूले पश्चिमी फ्लोरिडाको पेन्साकोलाको तटको दक्षिण तर्फ रहेको गल्फ अफ मेक्सिकोमा अवतरण गरेका थिए। लगत्तै उनीहरूलाई त्यसबाट निकाल्न उद्धारका लागि तयार पारिएको पानीजहाज पुगेको थियो। यो...

बलात्कृत महिलालाई न्याय दिलाउन दुई करोडको जागिर छोड्ने वकिल

सुरुमा वार्षिक तलब दुई लाख डलर। तर एउटा ठूलो वकिल कार्यालयको त्यो जागिर प्रस्ताव रेज गार्डीले लिइनन्। उनले एउटा उद्देश्यका लागि लड्नु थियो। "ठूलो रकम र रहरलाग्दो जागिरको लोभका बीच मैले आफूलाई निरन्तर मेरो उद्देश्य सुविधासम्पन्न जीवनशैलीभन्दा ठूलो हो भनेर सम्झाउनुपर्थ्यो," रेज गार्डीले बीबीसीलाई भनिन्। "म निश्चित कारणले कानुन पढ्न गएँ… म...

म्यान्मार कचिन प्रान्तमा पहिरोले पुरेर ज्यान गुमाउने मानिसको सङ्ख्या १६० नाघ्यो

बीबीसी- उत्तरी म्यान्मारको एउटा रत्न खानीमा गएको पहिरोमा पुरिएर मृत्यु हुने मानिसको सङ्ख्या १६२ पुगेको अधिकारीहरूले बताएका छन्। कचिन प्रान्तमा हराइरहेका व्यक्तिहरूको खोजी कार्य जारी छ। ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न 'जेड' खोज्न गएका मानिसहरूलाई पुरेको आपत्कालीन उद्धार गर्ने निकायले बताएको छ। ठूलो वर्षापछि उक्त स्थानमा पहिरो गएको थियो। म्यान्मार जेडको...

कोरोनाभाइरस :इटलीको लोम्बर्डी क्षेत्रमा कडा नियम घोषणा

बीबीसी-  इटलीको लोम्बर्डी क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न कडा नियमहरू लगाइएको छ। शनिवार अबेर घोषणा गरिएका नयाँ नियम अनुसार समूहमा वा एक्लै पनि घर बाहिर खेल्न र शारीरिक व्यायाम गर्न प्रतिबन्ध लगाइएको छ। सामानहरू किन्ने मशिन प्रयोगमा पनि रोक लगाइएको छ। शनिवार मात्रै इटलीमा करिब ८०० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको...

कोरोनाभाइरसः मोदीले गरे जनताद्वारा ‘जनता-कर्फ्यु’को अपील

कोरोनाभाइरसः मोदीले गरे जनताद्वारा ‘जनता-कर्फ्यु’को अपील
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन सबै नागरिकलाई आगामी केही हप्ता अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन र सकेसम्म घरबाटै काम गर्न अपील गरेका छन्। देशवासीका नाममा बिहीवार साँझ सम्बोधन गर्दै उनले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै बस्न पनि आग्रह गरे। प्रधानमन्त्री मोदीले मार्च २२ तारिखका दिन बिहान ७ बजेदेखि बेलुका...

दिल्ली बलात्कार काण्ड: दोषीलाई मृत्युदण्ड, आमाबुवाद्वारा सन्तोष प्रकट

भारतको दिल्लीमा सन् २०१२ मा भएको बहुचर्चित सामूहिक बलात्कार तथा हत्या कसुरमा दोषी ठहर गरिएका चार पुरुषलाई मृत्युदण्ड दिइएको छ। उनीहरूलाई शुक्रवार बिहान सवेरै दिल्लीको तिहाड कारागार परिसरभित्र भारतीय समयअनुसार बिहान ५:३० बजे झुन्ड्याएर मृत्युदण्ड दिइएको हो। लगत्तै त्यो कारागार प्रमुखले जाँच गर्दै उनीहरूलाई मृत घोषित गरेका थिए। धन्यवाद ज्ञापन आफ्नी छोरीका हत्यारालाई मृत्युदण्ड...