२३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसः भवन संहिता कार्यान्वयमा सबैको जोड (भिडियो सहित)

भिडियो हेर्नुहोस्

भत्तपुरको मध्यपुर थिमी नगरपालिकाले आयोजना गरेको २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस कार्यक्रममा विभिन्न सरोकारवाला व्यक्तिहरुले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निर्देशक सूर्य नारायण श्रेष्ठले भूउपयोग नीति तयारगरि कार्यान्वयमा ल्याउनु पर्ने कुरामा जोड दिनुभयो । त्यस्तै शहरी विकास तथा भवन निर्माण विभागका का.मु महानिर्देशक पद्मकुमार मैनालीले भूकम्पीय जोखिम तथा न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो अहिले सरकारले भवन संहितालाई कडाइका साथ कार्यान्वयन गराइरहेको छ र आगामी योजना पनि तयार गरेको छ, मैनालीले भन्नुभयो, विपद्ले विकासलाई मात्रैै पछाडि होइन, समृद्धिको यात्रालाई पनि पछाडि धकेल्छ । त्यस्तै कार्यक्रममा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले सबै विपद्को पूर्व तयारी र रणनीति अबलम्वन गरेर अगाडि जाने बताउनु भयो । त्यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले नेपालको पुनःनिर्माण विश्वका लागि उदाहरण भएको कुरा बताउनु भयो । उहाँले भन्नुभयो, संविधान निर्माणसँगै अगाडि बढेको पुनःनिर्माण विभिन्न चुनौतीहरु पार गर्दै यहाँसम्म आएको छ । साच्चै एउटा ऐतिहासिक रुपमा सम्पन्न भएको छ । कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले आफ्नो नगरपालिकामा भवन संहिता कडाइका साथ लागु गरेको र अब झन व्यवस्थित तरिकारले यसको कार्यान्वयन गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सरकारले भूकम्प लगायत अन्य विपद्बाट हुने क्षती न्यूनीकरणका लागि सरकारले सबै काम गर्ने र कार्ययोजना, आवश्यक पर्ने रणनीति पनि बनाउने प्र्तिबद्धता व्यक्त गर्नुभयो । भूकम्प दिवस प्रत्येक वर्ष माघ महिनाको २ गते मनाइँछ । १९९० सालको भूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन सुरु गरिएको थियो ।

तपाईको प्रतिक्रिया