१३ औं साग: पुरुष फुटबलमा नेपाल विजयी, नेपालको स्वर्ण ५१ पुग्यो

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल विजयी भएको छ । मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो। नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले गोल हानेका थिए। खेलेको ३६ औं मिनेटमा भुटानका तर्फबाट छेन्जो ग्याल्जेनले जवाफी गोल फर्काएका थिए । स्वर्ण पदकका लागि भएको फाइनल प्रतिस्पर्धामा विजेता टिमले स्वर्ण पदक पाउने छ भने पराजित हुने टिम रजत पदकमा सीमित हुनेछ । राउन्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो । नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो ।  सागको समापनसम्म आइपुग्दा नेपालले कुल ५१ स्वर्ण जितेको छ ।

तपाईको प्रतिक्रिया