होली पर्व सुरु

आजबाट होली पर्व सुरु भएको छ । प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।काठमाण्डौको बसन्तपुरमा चीर ठड्याइएसँगै फागु अर्थात् होली पर्व सुरु भएको हो । आज बिहान ७ बजेर ५७ मिनेटको शुभ साइतमा विधिपूर्वक हनुमान ढोका परिसरमा चीर ठड्याइएको हो ।
बसन्तपुरमा चीर ठड्याएपछि सहभागीहरुले आपसमा रङ्ग दलेर हार्दिकता साटेका थिए । यस वर्ष पहाडी जिल्लाहरुमा फागुन २६ र तराइका जिल्लाहरुमा फागुन २७ गते होली पर्व मनाइनेछ ।

तपाईको प्रतिक्रिया