सिद्धार्थ राजमार्ग ठाउँठाउँमा भासियो

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल तानसेन–सडक  ठाउँठाउँमा भास्सिँदा ठुला सवारी साधन अलपत्र परेका छन् । पाल्पा प्रहरीकाअनुसार विभिन्न स्थानमा सडक भासिएपछि साना सवारी साधन एकतर्फी आवतजावत गर्न दिएपनि ठूला सवारी साधन आवतजावतमा रोक लगाइएको बताएको छ ।

प्रहरीकाअनुसार दोभान नजिकै झण्डै ३ मिटर पक्की सडकको जग नै भासिएको छ । त्यस्तै राजमार्गको विभिन्न भागमा सडक चिराचिरा परेर भासिएको छ ।  बुटवलतर्फ आवतजावत गर्ने कास्की, म्याग्दी, बाग्लुङ्ग , स्याङ्गजा, गुल्मी, अर्घाखाँची र पाल्पाका ठूला सवारी साधन बीचबाटोमै अलपत्र परेका छन् । वस्ती नै जोखिमा पर्ने गरि सडक भासिएपछि त्यस क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।

तपाईको प्रतिक्रिया