सरकारले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्दै

काठमाडौं । अहिले काठमाडौं उपत्यकाभरिका सडकमा बिजुलीका तारहरु देखिन्छन् । चिन्ता नगर्नुहोस् । सरकारले आजदेखि काठमाडौं उपत्यकामा बिजुलीका तार भुमिगत गर्दै छ । अर्थात बिजुलीका तार जमिनभित्र (अन्डरग्राउन्ड) गरिने छ । सो ऐतिहासिक कामको प्रधानमन्त्री ओलीले सोमबार भव्य उद्घाटन गर्दै छन् ।

पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुलीका तार जमिनभित्र (अन्डरग्राउन्ड) गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।  प्राधिकरणका अनुसार भूमिगतको काम सोमबारबाट नै याे काम सुरु हुनेछ ।

प्राधिकरणका अनुसार रत्नपार्क र महाराजगञ्ज स्मार्ट कम्युनिकेसनुको क्षेत्र भएकाले पहिलो चरणमा भूमिगत गर्न लागिएको हो । काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली तथा सुदृढीकरणका लागि बिजुलीका तार भूमिगत गर्न थालिएको हो । साे काम दुई वर्षमा सक्ने सरकारकाे लक्ष्य छ ।

आधुनिक प्रविधिबाट ठाउँ–ठाउँमा प्वाल पारेर बिजुलीका तार जमिनमुनी राखिने बताइएको छ । यसका लागि सडक खन्नु पर्दैन । पहिलो पटक विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न लागिएको हाे  । काठमाडाै‌ंपछि साे काम अरु ठाउँमा थाल्ने प्राधिकरणको लक्ष्य छ ।

तार भूमिगत गर्ने कामको जिम्मा भारतको केइआइकके कम्पनीलाई दिइएको छ । त्यसका लागि एसियाली विकास बैंक (एडिबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया