वृद्धको टाउको छिनालेर झोलामा हाली प्रहरीसामु आत्मसमर्पण

१९ भदौ । धादिङको नीलकण्ठ नगरपालिका ३ खल्चेतमा एक वृद्धको खुर्पाले हानेर बिहीबार राती हत्या भएको छ । नीलकण्ठ १३ स्थित खल्चेतका २३ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेका हुन् ।

हत्यापछि मृतकको टाउको झोलामा हाली राजुले डेढ घण्टा पैदल यात्रा गरेर जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । केही दिनअघि खलचेतमा आत्महत्या गरेका एक व्यक्तिको १३ दिने कर्मकाण्डमा पितृप्रसाद खाएर फर्किरहेका सोमबहादुर र राजुको बाटोमा जम्काभेट भएपछि पारिवारिक कुराहरु जोडेर विवाद सुरु भएपछि घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यलय धादिङका सूचना अधिकारी सरोज राइले जानकारी दिए । घटनालगत्तै प्रहरीले मुचुल्का गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा ल्याइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

समाचार अन्नपूर्ण पोष्टबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया