विपद् ब्यवस्थापनलाई उच्च महत्व दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी

नेपाल लुक संवाददाता

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानीरिक्षकहरुले विपद् ब्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी ब्यवस्थापनमा थप सक्रिय भएर लाग्ने वताएका छन् । ईमेज च्यानलबाट प्रसारण हुने कार्यक्रम टक अफ दि टाउनका लागि जगदीश खरेलसँगको कुराकानीमा नेपाल प्रहरीका महानीरिक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानीरिक्षक शैलेन्द्र खनालले विपद् ब्यवस्थापनमा दुबै प्रहरी संगठनले उल्लेख्य काम गरिरहेको वताए ।


नेपाल प्रहरीका महानीरिक्षक खनालले निरन्तरको प्रयासपछि अहिले विपद् ब्यवस्थापनको क्षेत्रमा ठूलो उपलब्धी हासिल भएको वताए । अघिल्लो वर्ष जाडोमा विपद्का कारण कसैले पनि ज्यान गुमाउनु नपरेको भन्दै उनले संगठनका नियमित क्रियाकलापमा विपद् ब्यवस्थापनको विषय सँगसँगै आउने उल्लेख गरे । दक्ष जनशक्ति र आधुनिक स्रोत साधनको ब्यवस्थापनलाई उच्च महत्व दिएर काम गरिरहेको उनको भनाई थियो ।

This image has an empty alt attribute; its file name is Report.00_16_32_08.Still011.jpg


यस्तै सशस्त्र प्रहरी बलका महानीरिक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको घोषित मार्गनिर्देश भित्र नै विपद् ब्यवस्थापनको विषय रहेको वताए । उनले विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनमा सशस्त्र प्रहरीले सबैभन्दा महत्वपूर्ण भूमिका खेलेको वताए । ‘विपद्को स्थितिमा आदेश कुरिरहनु पर्दैन, सशस्त्र प्रहरी स्वत परिचालन हुन्छ, पछि रिर्पोटिङ गर्दा पुग्छ ’ उनले भने ।

This image has an empty alt attribute; its file name is vlcsnap-2019-08-01-12h47m16s852-1024x576.png

हाल कुरिनटारमा विपद् ब्यवस्थापन सम्बन्धी तालिम दिने गरिएकोमा आउँदो वर्ष पूर्वाञ्चलमा पनि विपद् ब्यवस्थापन तालिक केन्द्र संचालन गर्ने गरी तयारी थालिएको उनले वताए । महानीरिक्षक खनालले समूदायसँगको साझेदारीमै विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनका लागि काम गरिरहेको जानकारी समेत दिए । वाढी, पहिरो , डुवान जस्ता विपद्मा तत्काल पीडितसम्म पुग्ने ,उद्दार र राहतको कामलाई प्रभावकारी बनाउने काममा सशस्त्र प्रहरीको भूमिका निकै महत्वपूर्ण रहेको महानीरिक्षक खनालले वताए ।
नेपालमा विपद् ब्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उल्लेख्य भूमिका निर्वाह गर्दै आएका छन् । विनाशकारी भूकम्पपछिको उद्धार र राहतमा नेपालका तीनवटै सुरक्षा निकायले गरेको कामको सबैतिरबाट प्रशंसा भएको थियो । प्राकृतिक र गैर प्राकृतिक विपत्तिबाट सर्वसाधारणको जीउ धनको सुरक्षाको विषयलाई नेपालका सुरक्षा निकायले उच्च प्राथमिकतामा राखेर काम गर्दै आएका छन् ।

This image has an empty alt attribute; its file name is Report.00_02_25_02.Still007.jpg


हालै देशका विभिन्न भागमा वाढी, डुवान र पहिरो पीडितहरुको उद्दार र राहतमा नेपालका तीन वटै सुरक्षा निकायले उल्लेख्य भूमिका खेले । नेपाली, सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तत्काल घटनास्थलमा पुग्ने, घाइतेहरुलाई उद्दार गरी उपचारका लागि पठाउन, तत्काल आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्रीको जोहो गर्न खटिए । साधनस्रोतको अभावका बाबजुद पनि नेपालका सुरक्षा निकायले विपद् ब्यवस्थापनमा उचित ढंगले काम गर्नु आफैमा प्रशंसनीय छ ।
सिमित स्रोत साधनका बाबजुद नेपालका तीन वटै सुरक्षा निकायले विपद् ब्यवस्थापनका लागि वर्षौदेखि उच्च मनोवलकासाथ काम गरिरहेका छन् । तर विपद् बयवस्थापनमा यि निकायहरुको क्षमता अझै बढाउँदै लैजानेतिर सरकारले पर्याप्त ध्यान दिन सकेको छैन ।

This image has an empty alt attribute; its file name is Report.00_00_16_03.Still002.jpg

उद्दारका लागि आवश्यक सामाग्रीको अभावमा निकै कठिनाइकासाथ काम गनुपर्ने अवस्था अहिले पनि कायमै छ । अर्कोतिर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा दक्ष जनशक्ति तयार पार्नु पनि आवश्यक छ । यस्तै आधुनिक उपकरणहरु भित्र्याउन सकिएन भने उद्दारको काममा कठिनाई हुन जान्छ । त्यसैले आधुनिक उपकरणहरु भित्र्याउनेतिर सरकारको ध्यान पुग्नु जरुरी छ ।
यो वर्ष प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले सबै प्रकृतिका विपद्काृे पूर्व तयारीका लागि आवश्यक सामग्री तथा औजार खरिद गरी विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भनिएको थियो । तर सो अनुसार काम हुन नसकेको सम्वद्ध निकायका अधिकारी नै स्वीकार्छन् ।
नेपाल विपद्को उच्च जोखिममा रहेकोे राष्ट्र हो । विपद् जोखिम न्युनिकरणका लागि प्रयास गर्नु जति जरुरी छ, त्यति नै विपद् आइसकेको अवस्थामा उद्दार र राहतका लागि तयारी अवस्थामा रहनु । यस्तो तयारीका लागि हाम्रा सुरक्षा निकायलाई थप स्रोतसाधनयुक्त बनाउनु पनि उत्तिकै आवश्यक छ । यसै सन्दर्भमा प्रत्येक वर्ष मनसुन सकिएसँगै विपद् जोखिम न्युनिकरण र ब्यवस्थापनका काम पनि थाती रहने परिपाटीको अन्त्य गर्नु पनि उत्तिकै जरुरी छ ।

तपाईको प्रतिक्रिया