यातायात प्रमुखसहित ३८ विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । यातायातका प्रमुखसहित ३८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । यातायात व्यवस्था कार्यालयका सवारी चालक अनुमतिपत्र बाग्मती एकान्तकुना ललितपुरका तत्कालिन कार्यालय प्रमुख उपसचिव आनन्द केशरी पोखरेलसहित ३८ जना विरुद्ध मुद्दा दायर भएको हो।

२०६९ वैशाख, जेष्ठ र आषाढ महिनाभित्र प्रयोगात्मक परीक्षा (ट्रायल)मा ‘फेल’ भएका १ हजार २८४ जनालाई ‘पास’ गराएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले नयाँ सवारी चालक अनुमतिपत्रको कार्यालयमा रहेको अभिलेख लगायतका सरकारी कागजात नोक्सान गरेको र उक्त जारी गरिएका सवारी चालक अनुमतिपत्रको लिनुपर्ने राजश्वसमेत नलिएर सरकारी सम्पत्ति हिनामिना गरेको पुष्टि भएको दाबी गरेको छ।

उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजायको मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।

सि.नं.पदनामथरबिगो रकमकैफियत
शाखा अधिकृत (हाल निलम्बन)चक्रबहादुर श्रेष्ठरु. १,७००।-जारी गर्ने
शाखा अधिकृत  पदमप्रसाद पोखरेलरु. २,८००।-
शाखा अधिकृत (हाल अधिकृत स्तर आठौं)  वासुदेब तिवारीरु. ३,३००।-
शाखा अधिकृत(हाल सेवा निवृत्त) भरतकुमार थापा रु. १,७००।-
शाखा अधिकृत (हाल निलम्बन) सिताराम खनाल रु. ४,१५०।-
शाखा अधिकृत भविन्द्र कार्की रु. ३,०५०।-
नायव सुब्बा  वच्चुप्रसाद पोखरेलरु. १००।- सिफारिस गर्ने
नायव सुब्बा (हाल अधिकृत छैठौं) स्थानेश्वर ढुङ्गाना रु. २००।-
नायव सुब्बा कमलकुमार खत्री रु. १००।-
१०नायव सुब्बा (हाल निलम्बन) मदन गिरी रु. २५०।-
११नायव सुब्बा प्रेमराज निरौला रु. १,७००।-
१२नायव सुब्बा(हाल अवकास)  राधाकृष्ण पोखरेलरु. ५००।-
१३नायव सुब्बा (हाल अधिकृत छैठौं) सत्यबहादुर भण्डारी रु. १००।-
१४ नायव सुब्बा शिवप्रसाद चापागाई रु. ५००।-
१५नायव सुब्बा (हाल अधिकृत छैठौं)  उमाकान्त जोशीरु. २००।-
१६प्राविधिक नायब सुब्बा (हाल अवकास) सुर्य बज्र वज्राचार्य रु. २,७००।-
१७कम्प्युटर अपरेटर (हाल अधिकृत सातौं) सन्जिव न्यौपाने रु. १००।-
१८टाईपिष्ट नायव सुब्बा कविता खड्का रु. २,१००।-
१९ टाईपिष्ट नायव सुब्बा रञ्जुसेन पाण्डे रु. १००।-
२०खरिदार(हाल ना.सु.)  वावुकृष्ण महतरु. १००।-
२१खरिदार (हाल निलम्बन) बद्रीप्रसाद दाहाल रु. १००।-
२२खरिदार (हाल सहायक स्तर पाँचौं) कोषबहादुर थापा रु. २००।-
२३खरिदार (हाल सहायक स्तर पाँचौं) माधवप्रसाद कोइराला रु. ३५०।-
२४खरिदार(हाल ना.सु.) मणिराम कोइराला रु. ३००।-
२५खरिदार (हाल अवकास) प्रतिभा न्यौपाने क्षेत्री रु. १००।-
२६खरिदार . रघुनाथ के.सीरु. २००।-
२७खरिदार (हाल ना.सु.) रामप्रसाद भट्टराई रु. ९००।-
२८खरिदार (हाल ना.सु)  तिर्थराज जैशीरु. १,३००।-
२९टा.खरिदार (टा.ना.सु) तुलसा श्रेष्ठ अधिकारी रु. ५००।-

तपाईको प्रतिक्रिया