मेलम्ची पहिरोमा पुरिएका आठ जनाको शव निकालियो

सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति पहिरोमा परेर पुरिएका आठ जनाको शव निकालिएको छ।
‘घाइते एक जनाको उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट काठमाडौंको लगिएको छ।

मेलम्ची बजारको छेउमा कर्भड हल निर्माण गर्दै आएका मजदुरहरुलाई पहिरोले परेको थियो । कभर्ड हल बनाउन ती मजदुरहरू २० दिनअघि मेलम्ची बजार आएका थिए। निर्माणाधीन कभर्ड हलको छेउमा उनीहरू बस्थे।

तपाईको प्रतिक्रिया