मातृका देवकोटाको जीवन सङ्घर्षः मान्छे जन्मनु र मर्नु एउटा जीवनचक्र हो । एकदिन मर्नु नै छ भनेर मैले आत्महत्या प्रयास गरेँ

एउटा मानिस बाल्यकालदेखि मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरह्यो । उसले आत्महत्यको प्रयास ग¥यो । तर, मृत्युले उसलाई जित्न सकेन् । मातृका देवकोटा गोरखाको दुर्गम गाउँ आँपपिपल गाउँमा आजभन्दा ५० वर्ष अगाडि २०२७ सालमा जन्मिएको एउटा व्यक्ति, जो ९ कक्षा पढ्दा पढ्दै मानसिक स्वास्थ्य समस्याको संकेतहरु देखा पर्न थाले । जो व्यक्ति आफ्नो जीवन, समाज र आफ्नै परिवारसँग लड्दै धेरै उत्तारचढाव सहेर पछि एउटा सामाजिक संस्था खोल्न सफल भयो । त्यो संस्था कोसिश हो । मातृका देवकोटाको सङ्घर्ष र सफलताको कथामा आधारित विशेष आलेख ः
मलाई त्यो समस्या स्कुल पढ्दाबाटै सरु भएको रहेछ । पछि गएर उमेरको परिवर्तनको क्रममा मलाई नरमाइलो लाग्न थाल्यो । सबै मान्छेहरुलाई मलाई जस्तो नरमाइलो लाग्छ होला भन्ने लाग्यो । यस्तै महसुश भएर नै गौतम बुद्धले दरवार छोडेर जंगल गएको होला जस्तो लाग्थ्यो । नरमाइलो मैले एउटा मानव जीवनको पाटोको रुपमा लिएँ ।
म पढ्न एकदमै टाठो थिएँ । त्यसलाई अझ बढाउनको निम्ति एकदम परिश्रम गरेर, मेहनत गरेर नै यस्तो भयो । अकस्मात १५ वर्षको उमेरमा नै ८० वर्षको ज्येष्ठ नागरिकको जस्तै शरिर गल्दै गयो । मानिसको उच्च महत्वकांक्षा नै मानसिक स्वास्थ्य समस्यको कारण हो भन्ने लाग्यो । मेरो पढाइको उच्च महत्वकांक्षा नै मलाई मानसिक स्वास्थ्य समस्याको कारण बन्यो । मलाई याद छ मेरो दिमागले सबै किताबको अक्षरहरु क्यासेटमा रेकर्ड जस्तै हुन्थ्यो ।
मलाई त्यो समस्या हुँदा हात काम्ने, डराउने हुने गर्दथ्यो । मलाई एसएलसीमा ५ साय अंक आउन्थ्यो थियो तर ४ सय ११ आयो ।
म १९ वर्षदेखि २७ वर्षसम्म घरमै रहे । किनभने मेरो शरिरमा कुनै शक्ति नै थिएन् । मलाई डर लाग्थ्यो । त्यसकारण मलाई सधैँ रात परे हुन्थ्यो, उज्यायो नभए हुन्थ्यो जस्तो लाग्थ्यो । उज्यायो भएपछि सबै र्जुमुराउँछन्, काममा जान्छन् । मसँग त त्यो कुनै पनि शक्ति नै छैन । संघर्ष गनको लागि मसँग कुनै शक्ति नै छैन । अरुका अगाडिहीन पात्रको रुपमा भएँ । मलाई देखेर अरुलाई अप्ठ्यारो हुन्थ्यो होला । यस्तो जवान उमेरमा आफ्नै कारणले बिग्रिएर घरमा आएर बसेर बाबुआमाले उल्टो पालेर बस्नु परेको छ भन्थे । बाबुआमाको त्यो कष्ट पीडा देख्दा अध्यारो भइदिरहे मैले कसैलाई पनि देख्न पर्दैन्थ्यो भन्ने लाग्यो । मलाई आफ्नो अनुहार ऐनामा हेर्न डर लाग्थ्यो ।
मेरो बुबा थाक्नु भएको थियो । बुबाले भन्नुभयो, त बाहिर जा, सक्छस् भने कमाएर हामीलाई पनि देँ, होइन भने तेरो पेट पाल भन्नुभयो । कुनै बेला दुनियाँको अगाडि गर्व हुन्थ्यो भने अहिले तेरो कारणले अहिले समाजमा हामीलाई लाज हुने अवस्था आयो भन्नुभयो । घर छोडेर जा भन्नुभयो । त्यो बेला मेरो शरिरमा एक थोपा शक्ति पनि छैन । त्यस्तो बेलामा म कहाँ जाने घर छोडेर ? छिमेकीहरु बाहिर बाहिर कति मान्छे हाँसे पनि । यो दुनियाँ के रहेछ भने, जोखिम भएर वा समस्या भएर बस्छौं भने स्वीकारको कुरा होइन । त्यस्तो बेलामा हात दिएर ल्याउने होइन कि भीरको छेउमा पुगेको छ भने त्यसलाई धकेल्दिएर तल झार्ने र मज्जाले खुशी हुने दुनियाँ छ । अहिले दुनियाँ स्वार्थी छ ।
आमालाई पेटमा बोक्दाको पीडा होला, जन्माउँदाको पीडा होला, हुर्काउँदाको पीडा होला । मेरो आमाले छोरालाई बोल्दा पनि केही पीडा होला कि भनेर थोरै विचार गरेर बोल्नु हुन्थ्यो । जब म जटिल अवस्थामा घरमा बस्थे ।
दुनियाँले तिरस्कार गरेपनि आमाले स्वीकार गर्नुभयो । दुनियाँमा आमासँग अरुको तुलना हुनै सक्दैन । आमाले गाँस काटेर खुवाउनु हुन्थ्यो । तर कतिपय अवस्थामा आमाको पनि गाँस नै हुदैन्थ्यो । मलाई कहाँबाट खुवाउने ? घरमा ऋण थियो । पछि जग्गा बेचेर त्यो ऋण चुत्ता ग¥यो । मेरो वृद्ध आमाले म जवान छोरोलाई कतैबाट आएको पैसाले सट किनेर ल्याइदिनु भयो । मलाई झन नरमाइलो लाग्यो । त्यो बेलामा आमाले मलाई नहेरनु भएको भए…त्यस्तो अवस्था म कल्पना पनि गर्न सक्दिन । मेरो आमा नभएको भए म नर्कमा हुन्थे । मेरो जटिल अवस्था ८ वर्ष थियो । त्यो बेलामा मेरो बोल्ने मान्छे भनेको आमा नै हुनुहुन्थ्यो ।
त्यसपछि म पोखरा गएँ पढाउन । म ८ वर्ष घरमा बसेको किताब देखेको थिएन । म केही समय पढाएँ । तर लामो समय भएको हुनाले मैले पढाउन सकिनँ । अब घर जान्छु भन्ने भयो । मलाई लाग्यो कि ८ वर्ष घरमा बसेको छ । आमालाई आशा हुन्छ नि अब त छोरो कमाउने भयो भन्ने । मलाई झन गाल्दै गयो । र मलाई लाग्यो अब मैले केही गर्न पनि सक्दिन । अब कतिसम्म मेरो जीवन तानिने र अब म आत्महत्या ग¥यो भने हुन्छ भन्ने लाग्यो । मानसिक स्वास्थ्य समस्या भोगिरहेको बेलामा कस्तो महसुश भयो भने, एकदिन त मर्नै नै पर्छ । यो हाम्रो जीवनचक्र हो । नयाँ पात आउँछन्, पुराना पात झर्छन । अनि मलाई के भयो भने एक पटक मर्नै पर्छ भने यो पीडा भोगेर किन सहिरहने ? आज समस्या भोगिरहेको छ, भोलि भोगिरहेको छ । मरेर बाँच्न भन्दा बरु अहिले नै मर्नुपर्छ भन्ने जस्तो लाग्यो । मरेपछि कसैले देखेको छैन भुत्त पिचास हुने हो कि स्वर्ग वा नर्क जाने भन्ने । आखिर मर्न त पर्छ एकदिन । त्यो बेलाको पीडाले बाँच्ने रहर जाँदो रहेछ । र, मैले आत्महत्यको प्रयास गरेँ । कसरी गरेँ त्यो मैले बताउनु राम्रो हुँदैन । मैले पढाउन सकिन भन्ने लाग्यो । मैले पढाइन भने मेरो घरको अवस्था दयनीय हुन्छ भन्ने भयो । तर, मलाई एकदम गाल्दै गयो । त्यसपछि मैले मृत्यु रोजेँ ।
अहिले मलाई लागिरहन्छ त्यो आत्महत्या गर्ने मान्छे यति धेरै मरिमरि बाँचिरहेका हुन्छन् । उनीहरुसँग पीडा यति धेरै हुन्छ कि भन्ने लाग्छ । मलाई त्यतिबेला एकदम उकुुसमुकुश भयो ।
तर, मलाई मृत्युले स्वीकार गरेन । म ७२ घन्टा पछि अस्पतालको शैयामा थिए । म फर्किए । मैले नयाँ जीवन पाएँ । त्यसपछि मलाई फेरि आत्महत्या गर्ने सोंच कहिले पनि आएन ।
त्यति भएपछि पनि म योग्य भइसकेको थिइनँ । तर, बाँकी अरु जीवन छ भन्ने लाग्यो । एकपटक पनि स्कुल नगएका मान्छे खेती किसानी गरेर खाएका छन् भने म चाहिँ ८ वर्ष पछि फेरि पढाउन जानु ठीक थिएन भन्ने मलाई पछि लाग्यो ।
मैले जीवनको महत्व, मृत्यु देखेँ । मैले पछि सङ्घर्ष गर्न थालेँ, आपूmले देखेको बाटोमा हिड्न थालेँ । मैले जीवनको यात्रालाई घुमाएँ ।
म काठमाडौं आएर कसैका घरमा काम गर्न थालेँ । त्यहाँ मलाई एकछाक खाना दिन्थे । पुरानो लुगा लगाउन दिन्थे । मलाई २४ सय रुपैया तलब दिएका थिए । मैले केही पैसा बचाउनु आवश्यक थियो । मैले कुनै सेक्युरिटी गार्डको रुपमा काम गर्ने मान्छेसँग मिलेर पुरानो कोठामा बस्न थाले । मैले काम गर्ने घरबाट एक बोतल पानी लिएर आउँथे । मैले एकछाक मात्रै खान्थे । केही पैसा बचाउनको लागि । २४ सय मेरो तलब थियो । कोठा भाडा मैले ८ सय दिन्थे । त्यसबाट बचेको १४ सय रुपैयसा मैले घरमा पठाउँथे । जीवन एकदमै दुखका साथ बित्यो । एक वर्षसम्म मैले त्यो घरमा काम गरेँ ।
पछि मलाई क्रमश ठीक हुँदै गयो । म घरमा गएँ ।
म क्याम्पस पढ्न काठमाडौं आएँ । मैले क्याम्पस पढ्दा बाटोमा सडक मान्छे देखेँ । मलाई लाग्यो यिनीहरुलाई मैले उद्दार गर्नुपर्छ । नयाँ जीवन दिनुपर्छ भन्ने मलाई भित्रैबाट आउनथ्यो । मैले त्यो काम गदैँ गएँ । त्यही बीचमा एकजना विदेशी व्यक्ति फेला पर्नुभयो । उहाँले मलाई सहयोग गर्न थाल्नु भयो । पछि गर्दै जाँदा एउटा संस्था खोल्यौं । अहिले कोसिश भन्ने संस्था छ । त्यहाँ मानसिक स्वास्थ्य समस्या भोगेर ठीक भएका आएका मान्छे छौं सबै । यो काममा हामी निरन्तर लागेका छौं ।
मैले बिवाह गरिनँ र बिबाह नगर्ने नै सोंच बनाएको छु । मेरो अबको लक्ष्य भनेको दुखी, पीडितहरुलाई सहयोग गर्ने र मानसिक स्वास्थ्यको लागि काम गर्ने उद्देश्य छ । मैले मानसिक स्वास्थ्यसँग सम्बन्धित काम गरेको हुनाले मलाई अन्तर्राष्ट्रिय अवार्डबाट पनि सम्मान गर्नुभएको छ । जीवन अमुल्य छ । जीवनमा धेरै गर्नुपर्ने छ । मानसिक स्वास्थ्यको लागि मेरो प्रयास रातदिन रहिरहन्छ । म यसमा प्रतिबद्ध पनि छु ।
ईमेज च्यानलको कार्यक्रम टक अफ द टाउनमा जगदीश खरेलले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

तपाईको प्रतिक्रिया