मन्त्रिपरिषद् पुर्नगठन : बिहानै प्रचण्ड निवास पुगे गृहमन्त्री थापा

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाबीच भेटघाट खासै हुने गरेको छैन । तर, मन्त्रिपरिषद् पुर्नगठन निश्चित भएपछि दुई नेताबीच भेट भएको छ । 

स्रोत अनुसार गृहमन्त्री थापा आज बिहानै पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । ‘बिहान सात बजे नै रामबहादुर थापा आउनुभएको थियो’– प्रचण्ड निवास निकट एक स्रोतले जानकारी दियो । 

थापा पुगेको केही बेरमै त्यहाँ नेकपाका नेता नारायण दाहाल पनि पुगेका थिए । 

स्रोत अनुसार मन्त्रिपरिषद् पुर्नगठनको विषयमा छलफल गर्न प्रचण्डले नारायणकाजी श्रेष्ठलाई पनि बोलाएका थिए । त्यसपछि श्रेष्ठ, प्रचण्ड र थापाबीच करिब डेढ घन्टा वार्ता भएको थियो । 

तीनैजना नेता सँगसँगै बाहिरिएका थिए । तीनैजना नेता सचिवालय बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन् । 
 

news source sunrisekhabar.com

तपाईको प्रतिक्रिया