बुटवलको कोरोना अस्पतालमा दुई जना पुरुषको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा कपिलवस्तुका दुई जना पुरुषको मृत्यु भएको छ। कोरोना लक्षण देखिएपछि उनीहरु अस्पतालमा भर्ना भएका थिए। भेन्टिलेटरमा उपचार हुँदै गर्दा मृत्यु भएको हो।
४२ वर्षीय पुरुषको आज बिहान र २५ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको अस्पतालले स्रोतले जानकारी दिएको छ।

४२ वर्षीय पुरुष साउन २५ गते मात्रै अस्पतालमा भर्ना भएका थिए। उनी कपिलवस्तु कृष्णनगरका थिए । मृतक पुरुषको दाँया फोक्सोमा खराबी, निमोनिया, पिसापमा खराबी देखिएको अस्पतालले जानकारी दिएको छ ।

कपिलवस्तु तौलिहवाका अर्का मृतक २५ वर्षीया पुरुष मंगलबार राति मात्रै अस्पतालमा आएका थिए। कोरोना परीक्षणको स्वाब संकलन गरेर सिधै भेन्टिलेटरमा भर्ना गरिए पनि उनको मृत्यु भएको हो। उनको कोरोना परीक्षण रिपोर्ट अझै आइसकेको छैन् । उनमा किड्नीको समस्या र उच्च रक्तचाप रहेको भेटिएको छ।

तपाईको प्रतिक्रिया