बझाङमा केन्द्रबिन्दू ५.७ रेक्टरको भूकम्प, थप विवरण आउन बाँकी

उदय पोखरेल-

बझाङको पौवागडी केन्द्रबिन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ।

मंगलबार बेलुका ७ बजेर १९ मिनेटमा सो स्थानमा केन्द्रबिन्दु भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ। यसका साथै भारतका केही ठाउँ र प्रदेश नम्बर ५ का केही जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पका कारण अछाम सदरमुकाम साँफेबगरमा एक घर भत्केको संचार माध्यमले जनाएका छन् । क्षतिको थप विवरण प्राप्त भएको छैन।

तपाईको प्रतिक्रिया