प्रहरी इन्स्पेक्टरको मार्मिक गीत ‘म जन्मिदा सायद भाबी थियो हतारमा’ (भिडियो सहित)

गायक तथा नेपाल प्रहरीका इन्सपेक्टर निर्मल पनेरुको नयाँ गीत ‘म जन्मिदा भावी’ सार्वजनिक भएको छ।

शुक्रबार युट्युव मार्फत सार्वजनिक गरीएको गीतमा ‘म जन्मिदा सायद भाबी थियो हतारमा भाग्य लेख्न बिर्सिएछ मेरोनिधारमा’ जस्ता निकै मार्मिक शब्दहरु समाबेश गरीएको छ।

गायक तथा प्रहरी निरीक्षक गायक निर्मल पनेरुको आवाज रहेको गीतमा संगीतकार हरि लम्सालले संगीत भरेका छन्। गीतकार एवं लेखक शीतल कादम्बिनीले गीतलाई रचेकी हुन्।

गीतको भिडियोमा मण्डला नाटकघरका रङ्गकर्मी मिलन कार्कीको अभिनय छ। निकेश खड्का निर्देशित भिडियोलाई बुद्ध थापाले खिचेको हुन्। भिडियो सम्पादन भने विकास धमलाले गरेका हुन्।

हेर्नुहोस सो गीतको म्युजिक भिडियो 

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया