प्रम ओली र दाहाल शीतल निवासमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास गएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल बालुवाटारमा गरेलगत्तै  अध्यक्षद्धय राष्ट्रपति भेट्न पुगेका हुन् । पुनर्गठनकाे सूची बाेकेर दुई नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका हुन् कि नबाेकि गएका हुन् भन्ने प्रष्ट भएकाे छैन । 

दुई नेता बालुवाटार फर्किएपछी नेकपा सचिवालय बैठक बस्ने भएकाे छ ।

मन्त्रिपरिषद् पुर्नगठनकै विषयमा छलफल गर्न भन्दै गृहमन्त्री रामबहादुर थापा र उर्जामन्त्री वर्षमान पुन बिहानै प्रचण्ड निवास खुमलटार पुगेका थिए । प्रधानमन्त्री ओलीले बुधबारै मन्त्रिपरिषद हेरफेरको तयारी गरेका छन् ।

news source sunrisekhabar

तपाईको प्रतिक्रिया